(४१) किन प्रेमले सँगै छदा बेवास्ता र टाढा हुदा सताउने गर्दछ ?
जब हामी आफ्नो प्रेमीसँगै हुन्छौ तब हामीलाई केवल ति पलहरू मात्र थाहा हुन्छन, जुन सँगैका छन र हामीले आफ्नो प्रेमीसँग रमाउन मात्र चाहन्छौ तर त्यो भन्दा अरू पलहरू सोचेका पनि हुदैनौ । अर्थात आफ्नो प्रेमी सँगै हुदा हामीलाई कहिलेकाही अरू आफन्तहरूको याद पनि आउदैन किनकि प्रेमले सबैकुरा भुल्न बाध्य गराउछ । केवल खुसीका पलहरूको मात्र सम्झना र कल्पना गरेका हुन्छौ र सँगैको खुसीयालीमा रम्न पाएका हुन्छौ । तर जब एक्कासी त्यस्तो पल आउछ, जुन बिछोडिनु परेको हुन्छ । पहिले हामीले बिछोडको बारेमा त्यती सोचेका हुदैनौ त्यसैले केही हुदैन, तर बिस्तारै बिस्तारै ति बिछोडका पलहरू बढ्दै गएपछि हामी आफैभित्र नै आफ्नो एउटा अंग गुमेजस्तो महसुस गरिरहेका हुन्छौ र हरपल आफुभित्र नै अधुरो जस्तो ठानिरहेका हुन्छौ । बिस्तारै बिछोडका पिडाहरूमा डुब्दै जादा यादहरूले यत्ती धेरै सताउछन कि एकएक पल तड्पिएर बाच्न पनि हजारौ पलहरू बियोगमा बिताएजस्तो हुन्छ । प्रेममा मिलनले जती खुसी दिईरहेको हुन्छ बियोगमा पनि त्यत्ती नै धेरै दुख र पिडा दिईरहेको हुन्छ जसकारण हामी आफ्नो प्रेमी सँगै भएको बेला त्यती मतलब गर्दैनौ भने टाढा छुट्टीएको बेला हरपल तड्पिरहेका हुन्छौ । धेरैजसो प्रेमीले आफ्नो प्रेमिकालाई भन्ने गर्छन कि अहिले त मेरो माया र भावनालाई बुझ्न सकेनौ तर जब हाम्रो बिछोडिने बेला आउछ तब तिमीलाई मेरो मायाले हरपल रूवाउनेछ, सताउने छ र मेरो मायामा एकएक पलहरू तड्पिएर पागलसरी हुनेछौ अनि तिमी बिछोडको बियोगमा जलिरहने छौ । वास्तवमा यो कुरा साचो नै हो किनभने जब हामी कसैलाई माया गर्छौ र उ सँगै भएको बेला उसले गरेका कुनै कुराहरूलाई मजाकमा लिईरहेका हुन्छौ किनकी उ आफ्नै भईसकेको जस्तो लाग्छ तर जब उ बाट बिछोडिन पुग्छौ तब हामी उसलाई पराई भईसकेजस्तो र आफ्नो एक्लोपलको महसुस गरिरहेका हुन्छौ जसले हामीलाई हरपल सताईरहेको हुन्छ । त्यसैले जब सँगै हुन्छौ तब एक अर्काका भावनाहरू पनि आफ्नै भावनाहरू जस्तै महसुस गर्नुपर्दछ किनकी कुनै पल पनि बियोगका यादहरूले सताउन नपाओस ।