(१२) पागलपन र मुर्खतामा के फरक छ ?
आफुलाई थाहा भएर पनि कुनै कुनै अभद्र ब्यवहारहरू दोहोर्याउन बाध्य हुनुलाई पागलपन भनिन्छ भने अन्जानमा भएको कुनै कुनै गल्तीलाई मुर्खता भनिन्छ । प्रेममा परेको मान्छे अलिकती पागल र अलिकती मुर्ख निश्चय नै हुन्छ । उसले केही केही गल्तीहरू जानेर गरेको हुन्छ भने कुनै गल्तीहरू उसलाई समयले गराउछ । पागलपन जस्तो ब्यबहार मान्छेले तब गर्छ जब उसले आफुलाई नियन्त्रणमा ल्याउन सक्दैन, अर्थात उसले कुनै कुनै कुराहरू टार्न सक्दैन । भने मुर्खता मान्छेमा तब पलाउछ जब उसलाई थाहा नभएको काम अथवा कुराहरू उसले गर्न खोज्दछ । प्रेमको गहिराईले पनि मान्छेको भावनाहरूको गहिराई बढ्दै जान्छ जसकारण उसमा पागलपनको भुत पस्दछ भने मुर्ख त मान्छे तब पनि हुन्छ जब उसको ध्यान अनावश्यक कुराहरूमा बटारिन पुग्दछ । हामी कुनै व्यक्ती प्रेममा पागल भएर डुलीरहेको देख्यौ भने त्यसको मजाक बनाईरहेका हुन्छौ । तर जब हामी अरूलाई मजाकमा लिईरहन्छौ तब यो सोच्नुपर्दछ कि कुनै दिन मेरो जिन्दगी पनि मजाक बनेर रहनेछ, पालो त ढिलो या चाडो मेरो पनि आउनेछ । के भगवानले हामीलाई यो धर्तीमा अरूको मजाक बनाउनको लागी पठाएका थिए र, सायद पक्कै पनि त्यस्तो नहोला । हामीले अरूलाई दुख र पिडा दिन त यो संसारबाट नै सिक्यौ । हामीले जन्मेदेखी वरिपरि चारैतिरको बातावरण जस्तो देख्यौ र पायौ, त्यस्तै बन्न पायौ । त्यसमा हाम्रो गल्ती नहोला तर बिस्तारै हामी हुर्किदै बढ्दै गयौ तब हामी के राम्रो र के नराम्रो छुट्याउन सक्यौ भने किन आफुलाई नराम्रो नै बनाउछौ, किन अरूलाई दुख दिन चाहन्छौ, के हामी जनावर जस्तै अन्जान भईसक्यौ । हामी सधै राम्रो काम गर्न खोज्यौ भने त्यसको प्रतिफल पनि राम्रो पाउनेछौ अनि नराम्रो काम गर्न खोज्यौ भने त्यसको प्रतिफल पनि सधै नराम्रो मिल्नेछ ।