(११) प्रेम गर तर पछुताउनलाई होईन ?
धेरै जसो मान्छेहरू एक अर्काको प्रेमलाई यत्ती चाडै बुझ्दछन कि तिनी हरूको मन एउटै छ र तिनीहरू एक अर्कालाई धेरै नै माया गर्छन । त्यसपछि तिनिहरू त्यो प्रेमलाई अगाडी बढाउन एक अर्काको जिन्दगीमा बस्न चाहन्छन र बिहे गर्छन । तर प्रेमलाई गहिराईमा बुझ्न नखोज्नु नै तिनिहरूको लागी भुल बन्न जान्छ । किनभने जब तिनीहरू बिहे गर्छन तब तिनीहरू एक अर्कालाई गहिराईमा बुझ्दै जान्छन र गहिराईमा जती पुग्दै गए तिनिहरूलाई यो महसुस हुदै जान्छ कि तिनीहरूको सोच नै फरक बन्दै गएको छ । अर्थात बिस्तारै तिनीहरू बिचमा झगडा पर्ने साना साना कारणहरू उत्पन्न हुदै जान्छन । भनिन्छ नि क्रोध सानो होईन तर सानो कुराबाट नै शुरू हुन्छ । त्यसैगरी तिनीहरू बिच हरेक साना साना कुराहरूमा झगडा पर्दै जान्छ र एक दिन यस्तो पनि आउछ जुन दिन तिनीहरू एक अर्काको खुसीले छुट्टीन बिवस हुन्छन । तिनीहरूको प्रेमले नै तिनीहरूको जिबन लाई तहसनहस हुन पुग्दछ । कारण के थियो भने एक अर्कालाई राम्रो सँग गहिराईमा नबुझ्दै तिनिहरूले दुई दिनमा भएको एक अर्काप्रतीको आकर्षणलाई नै प्रेमको रूप दिएर भुल गरे जुन भुलले तिनीहरूको जिन्दगीसँग खेलबाड भयो । यदी तपाई पनि आफुले रूचाएको जिबनसाथी रोज्न चाहनुहुन्छ भने पहिले त यो थाहा पाउनुहोस कि कतै त्यो एक अर्काप्रतीको सुन्दरताको आकर्षण त होईन । यदी होईन भने एक अर्काका हरेक गहिराईका कुराहरू बाड्नुहोस र एक अर्काको मनलाई राम्ररी बुझ्नुहोस अनि मात्र निर्णय लिनुहोस । नत्र भने एकपलको खुसीले हजारौ पलहरू रूनुपर्ला वा पछुताउनु पर्ला ।