(३५) प्रेममा परेको मान्छे कतिबेला र किन स्वार्थी बन्छ ?
प्रेममा परेका हरेक मान्छेहरू त स्वार्थी हुदैनन् तर कोही कोही प्रेमीहरू प्रेमका लागी नै बाध्यताले स्वार्थी बन्न पुग्छन । जब मान्छे प्रेम गरेको मान्छेबिना नै बाच्न नसक्ने हुन्छ अर्थात जब कुनै प्रेमीले आफ्नो प्रेमीलाई आफ्ना आफन्त भन्दा पनि तुलनात्मक रूपमा ठुलो ठान्दछ तब उ आफ्नो प्रेम प्राप्तको लागी स्वार्थी बन्न पुग्छ । त्यसमा भन्ने हो भने उसको पनि गल्ती त हुदैन किनकी उसको प्रेमको गहिराईले उसलाई घेरिसकेको हुन्छ, जुन घेराबाट उसलाई बाहिर आउन सबभन्दा मुस्किल पर्छ । अर्थात उसले मनमा सजाएको प्रेमको घरलाई पलभरमै भत्काउन नै सक्दैन । माया प्रिती बस्न जति समय लाग्छ त्यो भन्दा पनि कयौं गुणा बढी समय एक अर्कालाई सम्बन्धबाट भुल्न लाग्छ । तर चुनौती उसलाई यस्तो लागेको हुन्छ कि पलभरमै छुट्टीनु पर्ने हुन्छ जुन अवधीमा उसले सोच्न पनि सक्दैन त्यो अवधीभित्र उसले पलभरमै कसरी भुल्न सक्छ र त्यसकारण उसले बिकल्पमा स्वार्थी बन्दछ । जब प्रेममा परेको मान्छे स्वार्थी बन्न पुग्छ, उसले आफ्ना सारा आफन्तलाई भुल्न बाध्य हुन्छ । जुन उसका आफन्तहरू (जस्तैः घरपरिवार, आमाबुवा) का लागी धेरै ठुलो पिडाको बिषय बन्न पुग्दछ । जुन छोराछोरीहरूलाई आमा बुवाले जन्म दिन्छन, हुर्काउछन र आँसहरू थप्छन, तिनै छोराछोरीहरूले मुटुमा छुरा रोप्न खोज्दा तपाई आफै सोच्नुहोस त कति पिडा होला । सायद एकछिनका लागी त मृत्युले नै जिन्दगी खोसेजस्तो लाग्ला । प्रेमको स्वार्थपनले आफ्नै सबभन्दा नजिकका आफन्तहरू माथी नै स्वार्थ थपिदो रहेछ । प्रेम गर्नु त पाप भएन तर प्रेमको गहिराईमा परेको बिवसताले पाप गराउन बाध्य गराउदो हरेछ । यदी तपाईले पनि कसैलाई माया गर्नुहुन्छ भने तपाईले गल्ती गर्नुभएको छैन तर दुई दिनको प्रेमको लागी आफ्ना जन्म दिने भगवानलाई धोका दिएर पाप गर्ने भुल नगर्नुहोला । समयले हरेक कुराहरूको महत्व फेरपनि तपाईले आफ्नो यथार्थ संसारमा आफन्तहरूको महत्व बुझ्नुपर्छ । नत्र एक पलको स्वार्थपनले हजारौ पलहरू बियोगमा बिताउनु पर्ला ।