(३६) भन्छन, चोखो माया कहिल्यै मर्दैन, के यो साचो हो ?
जन्मेपछि नमर्ने त यो संसारमा केही छैन, हरेक मान्छेहरू जन्मेपछि एकदिन अवस्य नै मर्दछन तर नमर्ने केही कुरा छ भने त्यो हो आत्मा । आत्मा त एउटा भावना र मन हो, हामीले जस्तो सोच्यौ त्यस्तै हो कि जस्तो लाग्छ किनकी हामीले मनलाई मरेको देखेका नै छैनौ । जब मान्छेको आत्मा मर्न सक्दैन भने चोखो माया पनि मर्न सक्दैन किनकी आत्मा नै प्रेमको बास हो । भन्छन चोखो माया कहिल्यै मर्दैन, तर के यो साचो हो वा झुटो हो । कसैले एउटा कुरा भन्छन भने कसैले अर्को कुरा नै भन्दछन । जुन मान्छेले स्वार्थ पुर्तीका लागी प्रेम गास्छ, पक्कै पनि त्यो मान्छेले माया प्रेममा बिश्वास नै गर्दैन र चोखो माया पनि मर्छ भन्छ । तर जब एउटा चोखो मन भएको र चोखो प्रेम गर्ने प्रेमीले चाही चोखो प्रेमलाई कहिल्यै मर्दैन भन्ने ठान्छ । जसको मनले चोखो प्रेमलाई जस्तो ठान्छ त्यसका लागी त्यही नै सहि हो किनकी प्रेम अरूसँग मनको नाता गास्ने (जस्तैः नदीका दुई किनारा जोड्ने) एउटा पुल जस्तै हो । त्यसले मनको कुरा मनसँग पुर्याउछ । मान्छे मरेर जान्छ तर त्यसको सोच मर्न सक्दैन, जस्तैः उसले लगाएका गुनहरू याद गर्ने पलहरू बनि मनमा नै रहेका हुन्छन । त्यस्तै हो, चोखो प्रेम पनि जुन यादहरूमा हरपल नै आईरहन्छ । त्यसको प्रेम अमर हुन्छ किनकी त्यो प्रेम भुल्न जस्तो नै हुदैन र हरपल हरक्षण मनमा याद बनि बस्न थाल्दछ । एउटा कुरा के छ भने चोखो प्रेम प्राप्तीका लागी हुदैन किनकी न त चोखो प्रेममा स्वार्थपन नै हुन्छ न त जबरजस्ती नै हुन्छ । जबसम्म तिनीहरूको प्रेम प्राप्ती नै हुदैन तबसम्म आत्मा नै प्रेममा बहिरहेको हुन्छ । त्यसैले चोखो प्रेम मर्छ वा सधै अमर रहन्छ त्यो हाम्रो सोचमा निर्भर रहन्छ किनकी प्रेम नै एक सोच हो ।