(३७) बिवसताले प्रेमलाई अनौठो बाटोमा लखेट्छ, कसरी ?
प्रेमको गहिराईमा डुबिसकेको मान्छे केवल त्यो प्रेम प्राप्त गर्न चाहन्छ । उ हर हालतमा पनि केवल आफ्नो प्रेम प्राप्तको लागी बाचिरहेको हुन्छ । उसलाई केवल प्राप्तको मात्र आस भएको हुन्छ । उसलाई त्याग्नुपर्ला भन्ने त उसले सपनामा र कल्पनामा पनि सोचेको हुदैन तर जब उ कयौ चोटी आफ्नो प्रेममा बिफल हुन्छ, उ आसै आसमा मरेतुल्य हुन्छ । उ हरेक पल जिउदै मृत्यु भोगेजस्तो ठान्छ । जब उ पाउनु र गुमाउनु बिचको बिवसतामा पर्दछ तब त्यसका हरेक सपनाहरू टुक्रा टुक्रा हुन्छन । उसले मृत्यु पनि रोज्न सक्दैन किनकी उसले आफ्ना आफन्तलाई पनि धोका दिन चाहन्न तर उसको बाध्यताले उसले हरपल तड्पीएर जिउनुपर्ने हुन्छ । जब उसको दोधारको चुनौती बन्छ तब उसको जिन्दगीमा चोट माथी चोट थपिदै जान्छ । अब उसले जिन्दगी एक्लै जिउनुपर्ने गरी समर्पण गर्दछ । उसको जिन्दगी बिवसता माथी पलाएको हुन्छ । जिन्दगीका हरेक पलहरू नै कहिले आँसु त कहिले चोट सहेर बाचेको हुन्छ । यहासम्म कि उसको मनको बेदना बुझ्ने मान्छे नै कोही हुदैन उल्टै उसका आफन्तहरूले उसलाई नै दोष दिन्छन । मनको मान्छेबाट त टाढा हुनुपर्यो तर आफन्तले पनि पराईजस्तो व्यवहार गरे भने उसको यो संसारमा आफ्नो भन्ने को नै रहन्छ तरपनि उसको बिवसताले बाच्नु नै पर्ने हुन्छ । भने सायद उसले एक्लो जिन्दगी स्विकार गर्छ वा उसलाई माया प्रेमबाट नै बिस्वास छुट्न थाल्छ । तर कुनै कारणबस उसकै प्रेमले सजाएको सपना उसकै निम्ती चुनौती बनेर आउछ । जुन बिवसताले प्रेमलाई नै हलचल गरिदिन्छ । वास्तवमा भन्ने हो भने बिवसताले नै हरेक चुनौतीलाई स्विकार गर्नुपर्दो रहेछ । र बिवसताले नै प्रेमलाई अनौठो बाटोमा धकेल्दो रहेछ ।