(३८) प्रेममा धोका पाएपछि रहरहरू जहर हुन्छन, कसरी ?
हरेक मान्छेको आफ्नो एउटा सुन्दर संसार बनाउने सपना र रहरहरू हुन्छन, जुन कसैसँगको प्रेमको शुरूवातसँगै शुरू हुन्छन । अर्थात जब एउटा केटाले कुनै केटीसँग प्रेम गर्छ, तिनिहरूबिच प्रेमको सम्बन्ध रहन्छ । बिस्तारै प्रेममा पर्दै गएपछि तिनिहरू एक अर्कालाई यत्ती धेरै चाहन्छन कि आफ्नो संसार नै एक अर्कामा सिमित बनाएका हुन्छन, प्रेमको गहिराईसँगै आफ्नो प्रेमको एउटा छुट्टै संसार बनाउने सपना देखेका हुन्छन । र वास्तबिक संसारलाई बिर्सिएर उनिहरू केवल आफ्नो प्रेमको संसारमा रमाईरहेका हुन्छन । प्रेमको शुरूवाती पलहरू सँगै मनभरि सुन्दर र सुखी संसारको सपना तिनीभित्र पलाउछ । उनिहरू मात्र सपनाको संसारमा रमाईरहेका हुन्छन । त्यही सपना पुरा गर्ने अठोटले बाचिरहेका हुन्छन । जब एक्कासी एक दिन यस्तो आयो जुन दिन ति प्रेमीहरू बिछोडिनु पर्नेछ । अचानक ति प्रेमीहरूको मनमा कस्तो भएको होला । सायद तिनीहरूको सपना अधुरै रहने कुराले तिनीहरूको मनमा कत्ती धेरै पिडा भएको होला । कुनै दिन खुसी हरू साट्दै सजाएको सपना पनि आज पिडाको पल बनेर हरपल मनमा काँडा बनेर घोचिरहेको होला । प्रेमको बियोगले सजाएका रहरहरू पनि आज जहरहरू बनि पोलिरहेका होलान । तपाई आफै भन्नुस त यदी कसैलाई धेरै माया गर्नुहुन्छ र उहाँले पनि त्यत्तीकै माया तपाईलाई गर्नुहुन्छ । तपाईहरू एक भई आफ्नो छुट्टै सुन्दर संसार बनाउने रहर छ तर अचानक तपाईको एउटा यस्तो पल आयो जुन पलले तपाईहरू लाई सधै सधै का लागी एकअर्काको जिन्दगी बाट टाढा गरायो भने तपाईलाई कत्ती पिडा महसुस होला, तपाई सोच्न पनि सक्नुहुन्न । त्यो दिन अतितमा सजाएका एकएक पलहरू तपाईलाई पोलिरहेका हुन्छन । तपाईले रमाएका रहरहरू तपाईकै लागी जहर बनि आएका हुन्छन ।