(१६) प्रेमले कस्तो प्रकारको आनन्द मिल्छ ?
स्वर्ग कसले पो देखेको छ र तर प्रेमको आनन्दले नै स्वर्ग देखाउछ । जब कुनै सामान्य मान्छे पनि कसैको प्रेमको गहिराईमा डुब्न जान्छ तब त्यसको लागी स्वर्ग भनेको नै उसको प्रेम हुन्छ । उसको प्रेमको गहिराईले नै उसलाई स्वर्गीय आनन्द प्राप्त भईरहेको हुन्छ । जब उसको मन खुसी हुन्छ तब उसको जिन्दगी नै खुसीयालीले भरिन्छ । प्रेम नै खुसीयालीले भरिएको एउटा बाकस हो तर कोही कोही भने त्यो बाकसमा आफ्नै कारण आफैले दुख भर्दै जान्छन । यदी तपाई कसैसँग प्रेम गर्नुहुन्छ भने मिलनमा मात्रै नभएर बियोगको बेलामा पनि खुसी हुन सक्नुस किनकी तपाई दुईको बिछोड भएपनि मायाको त बिछोड भएको र घटेको छैन अर्थात माया त सधै बढीरहेको हुन्छ । तपाईसँग तपाईको मायाले दिएको त्यो शक्ती बाकी छ जुन बियोगको लागी दिईएको हुन्छ र तपाईले साचो मनले माया गर्छौ भने मिलन बिछोड जस्तोसुकै परिस्थिती आएपनि तपाईको मन केवल एकनासको हुनुपर्दछ । किनकी तपाईको बिछोड भएपनि तपाई दुईको मायाको त बिछोड नै हुन् सक्दैन । जस्तो तपाईले सोच्नुहुन्छ प्रेमले पनि तपाईलाई त्यस्तै जिन्दगी दिन्छ । तपाईले प्रेमबाट जती धेरै खुसी खोज्नुहुन्छ त्यती नै धेरै खुसी मिल्छ र जती धेरै दुख खोज्नुहुन्छ त्यती नै धेरै दुख र पिडा पनि मिल्छ । चोखो प्रेमले कहिल्यै दुख दिदैन तर बियोग भएपनि आफुलाई सम्हाल्न नसकेर दुख त तपाई आफ्नै कारणले भोगिरहेका हुन्छौ । तपाईको प्रेम झुपडीको भएपनि प्रेमले महलको आभास गराउछ । तड्पिएर मर्न लागेको मान्छेलाई पनि प्रेमले बाचुन्जेल बाच्नुको आभास गराउछ । त्यसैले प्रेम नै खुसीहरूको संगम हो ।