(१७) साथी र जिवनसाथी बिच के भिन्नता छ ?
एउटा असल साथी र जिबन साथी लगभग एउटै जस्ता लाग्छन तर फरक यत्ती मात्र छ कि साथीले केवल साथित्व मात्र पुरा गर्छ भने जिबनसाथीले जिबनभर साथ दिएर जिबनभरका हरेक सुख दुख मा सहयोग गर्छ अर्थात एउटा असल प्रेमी नै एउटा सफल जिबनसाथी बन्न सक्छ । यहासम्म कि चाहिएको बेला आफ्नो जिन्दगी नै दाउमा लगाएर साथीको निम्ती समर्पण गर्ने साथी नै जिबनसाथी हो । हुन त हामी हरेकलाई माया गरिराखेका हुन्छौ, साथी लाई पनि माया गरिराखेका हुन्छौ तर एउटा जिबनसाथी संगको हेराई नै बेग्लै हुन्छ । हामी आफ्ना आफन्तलाई पनि माया गर्छौ तर त्यो एउटा मित्रताजस्तो दया र नजिकको भावना जस्तो हो भने जिबनसाथी सँगको माया जिबनभरको लागी अनमोल बन्न पुग्दछ । साथीले गर्ने प्रेम र जिबनसाथीले गर्ने प्रेम नै बेग्लै छ । साथीलाई र साथीले एउटा असल मित्रताको हिसाबले माया र बिश्वास गरेको हुन्छ भने जिबनसाथीले जिन्दगीभरको सँगैको र मनको साथीको हिसाबले माया र बिश्वास गरेको हुन्छ । साथीहरू आज कोही छन भने भोली अरू कोही नै हुन सक्छन अर्थात साथीहरू एकभन्दा पनि कयौं हुन सक्छन भने असल जिबनसाथी केवल एक मात्र हुन्छ, जस्ले मनभित्र कहिले ननिक्लीने गरी बास गरेको हुन्छ । साथीभन्दा पनि धेरै नजिकको अर्थात मनको सबभन्दा नजिकको साथी भनेको नै जिबनसाथी हो । मनको हरेक ढुकढुकीमा नै जिबनसाथीको बास रहेको हुन्छ । हर धड्कन र हरेक थोपा थोपा रगतहरूमा आफ्नो प्रेमी, जिबनसाथीको माया बगेको हुन्छ । दुखमा सधैभरी खुसी दिने साथी जिबनसाथी हो । आवश्यक परेको बेला साथ दिने भनेको साथी हुन्छ भने अपरम्पार माया गर्ने साथी नै प्रेमी वा जिबनसाथी हो ।