(३३) मान्छेहरू किन र कसरी प्रेममा पागल हुन्छन ?
जब कसैले कसैलाई धेरै नै माया गर्छ तब उ केवल मायामा नै रमाएको हुन्छ, यदि ति प्रेमजोडी हरूलाई हामीले अलग गर्न खोज्यौ भने पनि सक्दैनौ । तिनिहरू एक अर्काको मनभित्र चुम्बक जस्तै जोडिएर रहेका हुन्छन । आफ्नो जिन्दगी, आफन्त, तथा संसार नै एक अर्कालाई मानेका हुन्छन । उनिहरूले बाहिरी वास्तबिक संसार बिर्सिएर आफ्नो मायाको छुट्टै संसारमा रमाएका हुन्छन । अचानक तिनीहरूको मायाको संसार कुनै बाध्यता वा अरू बिवसताले जलेर तहस नहस हुन्छ । तिनीहरूले जुन पलको एक रत्तीसम्म पनि कल्पना गरेका हुदैनन्, अचानक त्यही पल तिनीहरू बिचमा पर्खाल बनेर आउदा तिनीहरूलाई सह्य हुदैन, किनकी तिनीहरूले एक अर्कासँग खुसी हुन मात्र पाएका हुन्छन । सोचेको ठिक उल्टो भएपछि तिनिहरूको मनमा यत्ती ठुलो चोट पर्छ कि जसको कारण तिनिहरू आफ्नो प्रेमी पाउनका लागी पागलजस्तो ब्यवहार गर्न पनि बाध्य हुन्छन । अर्थात तिनीहरू एक अर्कालाई सम्हाल्नै सक्दैनन् अनि पागलजस्तो बनेर एक अर्काको प्रेम प्राप्तीका लागी भौतारिरहेका हुन्छन । जसकारण कोही कोही मान्छेहरू यत्तीसम्म पागल बन्दछन कि उ बिनाको जिन्दगी नै सोचेका हुदैनन् अनि जिन्दगी नै एक अर्कालाई समर्पण गर्दछन । मान्छे प्रेममा परेर पागल बन्ने कारण नै यो छ कि नत आफ्ना आफन्त (आमा, बुवा, घरपरिवार, अरू) बाट टाढा हुन सक्छ अनि बदनामी पनि सहन सक्दैन नत आफ्नो मुटुको टुक्रा, मनको मित्र, मायालु बाट टाढा भएर नै बाच्न सक्छ अनि चाहेर पनि मृत्यु त रोज्न नै सक्दैन । यिनै बाध्यता र बिवसता का पलहरू बाच्नलाई पनि जिउदो लास भएजस्तो महसुस गराउछन । खुसीका पलहरू त के मिल्थे र बरू मिलेको एक पलको खुसी पनि आँसुमा परिणत हुन्छ । उ यत्तीसम्म गहिराईमा सोच्न बाध्य हुन्छ कि ति गहिराईका एक एक पलहरू नै उसलाई पागलपनमा डुबाईरहेका हुन्छन । उसले पाएका पलपलका चोटहरू, आँसुहरू, दुखहरू, बियोगका सम्झनाहरू आदी सहन नसकेर उ एकदिन पागल बन्छ, जुन यो संसारमा रहेर पनि हरेकको आँखामा घृणाको पात्र बनेर बसेको हुन्छ ।