(६) के यो संसार नै स्वार्थी छ ?
संसार जस्तोसुकै भएपनि स्वार्थपन खोज्ने तपाईको मन नै स्वार्थी हो, जुन मनले आफुजस्तै देख्दछ । यो संसार स्वार्थ बिनाको भएको भए पनि चल्दैनथ्यो होला किनकी हरेक कुराहरू सम्भव हुनलाई बराबर हुनु जरूरी छ । यदी आज तपाईभित्र स्वार्थपन छ भने तपाईले आज यो संसार स्वार्थी देख्नेछौ तर जब तपाई आफुभित्र भएको स्वार्थपन त्यागेर भोली असल बन्नेछौ भने यो संसारलाई पनि राम्रै देख्नेछौ । तर वास्तबमा यो संसार बदलिएको हुदैन, तपाईको सोच र जिन्दगी नै बदलिएको हुन्छ । तपाई जस्तो सोच्नुहुन्छ तपाईको जिन्दगी पनि त्यस्तै देखिन्छ र त्यस्तै पनि बन्छ । यो संसारले तपाईको जिन्दगीमा केही फरक पार्न सक्दैन । संसारलाई स्वार्थी देख्ने तपाईको सोचाईमा स्वार्थपन मिसिएको छ । हरेक कुराहरू बाच्नका लागी संघर्ष गर्न जरूरी हुन्छ । तपाईको जिबन पनि संघर्षमा सिमित छ । यदी तपाई एक पल पनि संघर्ष गर्न सक्दैनौ भने तपाईको मृत्य निस्चित छ । जब तपाई आफ्नो प्रेमको मिलनमा हुनुहुन्थ्यो तब त यो संसारलाई स्वार्थी देखेनौ तर आज तपाई दुईको बिछोड भयो र दोष चाही यो संसारलाई दिन चाहनुहुन्छ । यो संसारले तपाईको मायालाई मारेको छैन तपाई नै आफ्नो मायालाई मार्न चाहनुहुन्छ र रिसजति यो संसारलाई पोख्न चाहनुहुन्छ । चोखो प्रेम गर्ने प्रेमीहरूको सोच कहिल्यै पनि बदलिन सक्दैन र जब तपाईको माया झुटो थियो तब त तपाईको सोच मिलनमा एउटा र बिछोडमा अर्कै हुन पुग्यो । संसारलाई स्वार्थी मान्ने तपाईको स्वार्थपनको भुललाई आजैदेखी बदल्नुहोस । यो संसारमा खुसी जिबन जिउनतिर लाग्नुहोस । अनी तपाईको जिन्दगी अनगिन्ती खुसीहरूले भरिनेछ ।