(२७) के प्रेममा परेको मान्छे साच्चै नै कवि बन्छ ?
साहित्य रचना गर्ने व्यक्ती लाई नै कवि वा साहित्यकार भनिन्छ । मनभरी गुम्सिएर रहेका रंगीबिरंगी भावनाहरू बाहीर ल्याउने अनुपम पथ नै साहित्य हो । जब हरेक मान्छेको मनलाई प्रेमले छुन्छ तब मान्छेको मनलाई भित्रभित्रै बिभिन्न किसिमका भावनाहरूले तरंगीत पार्दछन अनि तिनै शब्द मनबाट बाहिर निकाल्नु लाई नै साहित्य रचना भनिन्छ । मैले त्यस्तो प्रेमीको बर्णन गरेको होईन, जुन आफ्नी प्रेमीकालाई माया गर्छ, तर मैले त्यस्तो प्रेमीको बर्णन गरेको हुँ जस्ले कुनै मान्छे, कुनै ठाउँ, देश, कुनै बस्तु, कुनै कुरा, या यस्तै अन्य कुराहरू लाई माया गर्छ । प्रेममा परेपछि मान्छे त्यसकै रचना गर्नमा तल्लिन हुन्छ अर्थात भावनाको गहिराईमा डुब्छ र ति पलहरू नै साहित्यको माध्यमबाट बाहिर देखाउछ । बिश्वका महान ब्यक्ती प्लाटोले यस्तो भनेका छनः “प्रेममा परेपछि एउटा सामान्य मान्छे पनि कवि, साहित्यकार, गजलकार, गितकार आदी बन्छ ।” अर्थात जब मान्छे प्रेमको बन्धनमा बाधिन्छ तब त्यो कवि बन्छ । वास्तबमा भन्ने हो भने उसले आफ्नो त्यो कुरा प्रतीको प्रेमलाई बाहिर देखाउदछ । उसले आफ्नो र त्यो कुराको यथार्थ सम्बन्धलाई नै बर्णन गरिरहेको हुन्छ । कवि हुनका लागी उसमा केही कुरा वा कसैप्रती प्रेम हुनु आवश्यक हुन्छ । प्रेमबिना साहित्य अर्थबिहिन छ अर्थात प्रेमबिनाको रचना नै साहित्यको छैन । प्रेमको गहिराईले नै साहित्यमा झन राम्रा रचनाहरू गर्न सकिन्छ । यो संसारमा हरेक मान्छेहरू भित्र साहित्य लुकेर बसेको हुन्छ तर खास कारण के छ भने तिनिहरू आफुभित्र भएको साहित्यको मुल्य नै जान्दैनन् र साहित्यलाई लुकाएर राखेका हुन्छन । साहित्य रचना गर्न प्रेमको गहिराईमा डुब्नुपर्दछ अनि मात्र हरेक भावनाका पलहरू साहित्यबाट देखाउन सकिन्छ ।