(१४) के मान्छेहरू प्रेमबिना बाच्न सक्छन ?
प्रेमबिना बाच्न त सायद सम्भव नै छैन होला, मैले केवल प्रेमी अथवा प्रेमीका को प्रेम लाई बर्णन गर्न खोजेको होईन । हामी कसैलाई आफन्त किन ठान्छौ त, जब उनीहरूले पनि तपाईलाई माया, प्रेम, बिश्वास गरेका हुन्छन तब त उनलाई हामी आफन्त ठान्छौ । तपाई आफै सोच्नुस त, जुन मान्छेले तपाईलाई घृणा, बिश्वासघात र पिडा दिन्छन, के तपाई ति मान्छेहरूलाई आफ्ना ठान्नुहुन्छ त । यसैले त हामी प्रेमी वा प्रेमीका को मात्रै नभएर आफन्तहरू, साथीहरू को मायामा रमाएका हुन्छौ । खुसी सँगसँगै मान्छेको लागी जिन्दगी जिउने आधार पनि चाहिन्छ । जिन्दगी जिउने अधारबिना जिन्दगी जिउन नै धेरै कठिन छ । एक्लो जिबन बिताउन यत्तीसम्म कठिन छ कि उसलाई जिन्दगीका हरेक पलहरूले मृत्युको आभास गराईरहेका हुन्छन । जब मान्छेले यो संसारमा एक्लो महसुस गर्छ तब उसलाई एउटा असल जिबनसाथीको आवश्यक परेको हुन्छ । जिबनसाथी नै एक्लोपनको औषधी हो । जसरी दुई पाङ्ग्रा बिना रथ चल्न सक्दैन त्यसरी नै एक्लो जिबन बिताउन सायद सम्भव नै छैन होला । मान्छेको उमेर बढ्दै जादा उसलाई जिबनसाथीको खाचो पर्दै गएको हुन्छ । उ हरेक पाईलाहरूमा एउटा जिबनसाथीको कमि महसुस गरिरहेको हुन्छ । त्यो बेला उसले एउटा जिबनसाथी रोज्नु उपयुक्त हुन्छ, जसले हरेक पाईलाहरूमा जिबनसाथीको कमि महसुस नहोस । हामी भन्छौ जिबनसाथी बिना जिबन जिउन असम्भव छ, तर त्यो सबैको जिन्दगीमा लागु हुदैन । अर्थात जिन्दगी जिउनका लागी जिबनसाथी भन्दा पनि एक्लोपनको महसुस नहुनु आवश्यक हुन्छ । कुनै कुनै मान्छेहरूका लागी अतितका यादहरू नै जिबनसाथी बनेर जिबन जिउन पर्याप्त हुन्छन । अर्थात तिनिहरू पुरै जिन्दगी यादहरूको साहारामा नै बिताईरहेका हुन्छन तिनिहरूलाई केही कुराको कमी महसुस हुदैन । ति यादहरूसँगै पलपल रमाईरहेका हुन्छन ।