(४३) जिवनको लागी प्रेम चाहिन्छ वा प्रेमका लागी जिवन चाहिन्छ ?
प्रेम र जिबन एक अर्कामा निर्भर हुन्छन । जब तपाई कसैसँग प्रेम गर्न चाहनुहुन्छ भने तपाईसँग जिन्दगी पनि हुनु आवश्यक छ । जिन्दगीमा नै प्रेम गरिन्छ तर मरेको आत्माले कहिल्यै पनि प्रेम गर्न सक्दैन किनकी त्यो केवल स्थिर मात्र हुन्छ । अनि त्यो आत्मामा प्रेम पनि स्थिर नै रहन्छ । तर प्रेमलाई गति चाहिन्छ । हामीले जिन्दगीमा सबै कुराहरू त देखेका छौ के मृत्यु पछि कसैले केही देखेको तपाईले सुनेका छौ, सायद छैन होला किनकी मृत्युपछि के हुन्छ कसैलाई थाहा नै छैन । मैले यो प्रश्नलाई बर्णन गर्न खोजेको कारण नै यही हो कि जिबनका लागी प्रेम पनि चाहिन्छ र प्रेमका लागी जिबन पनि चाहिन्छ । किनकी माया प्रेम बिनाको जिन्दगी जिउन नै कठिन छ र जिन्दगी नै नभए माया प्रेम कसरी गास्न सकिन्छ र । तपाईले कतै कसैले माया प्रेमबिनाको जिन्दगी बाचेको देख्नुभएको छ, सायद माया प्रेम बिना बाचिरहेका मान्छे नै नहोलान । बरू जिबनसाथी बिना नै बाच्न सक्छन तर माया प्रेमबिनाको जिन्दगी कसैकसैलाई त कठिन मात्र नभएर असम्भव पनि हुन पुग्दछ । यो संसार नै एक अर्काको माया प्रेममा सजिएर चम्कीरहेको छ । प्रेम नै हरेकको जिबनको एक एक हिस्सा बन्न पुगेको छ । एक एकको प्रेमले हरेकको जिन्दगी सजिएको छ । म तपाईलाई के भन्न चाहन्छु भने तपाईलाई पनि हरेकको प्रेमको आवस्यकता परेको हुन्छ र त्यो भन्दा पनि एउटा यस्तो प्रेमीको जिन्दगीमा जरूरत पर्दछ, जुन मनमा सजाएर राख्न लायक हुन्छ । तपाईको जिन्दगीले बिस्तारै बिस्तारै त्यस्तो प्रेमीको खोजी गरिरहेको हुन्छ । मेरो सुझाव पनि के छ भने तपाई एउटा रथको एउटा पाङ्ग्रा मात्र हो तपाईलाई एउटा अर्को पाङ्ग्राको जरूरत परेको हुन्छ नत्र तपाईको रथ चल्न नै सक्दैन । अर्थात तपाईलाई जिन्दगीभर साथ र खुसी दिने प्रेमीको जरूरत छ तर जिबनसाथी रोज्न भुल चाही नगर्नुहोस किनकी त्यसले तपाईको जिन्दगी नै बर्बाद हुन सक्छ । त्यसकारण जिबन र प्रेम दुईटै एक अर्काका लागी आवश्यक नै छन ।