(९) प्रेमको शुरूवात कसरी हुन्छ ?
जब एउटाको भावना अर्कोसमक्ष पुग्छ तब प्रेमको शुरूवात हुन्छ अर्थात जब हामीले हाम्रो मनमा अरूको लागी ठाउँ बनाउदछौ तब हामी त्यसलाई प्रेम गरेका हुन्छौ । जब हामी कसैसँग नजिकिन थाल्छौ तब त्यो प्रती प्रेमको भावना हामीमा उब्जन्छ । जस्तैः यदी हामीले कुनै अपरिचितलाई साथी बनायौ, अनि त्यो साथीसँग धेरै नजिकिन थाल्यौ वा धेरै नै घुलमिल भई एक अर्काको भावनाहरू एकआपसमा बाड्न थाल्यौ भने हामी त्यसलाई चाहने गर्दछौ अर्थात हाम्रो मनले त्यो सँगै रहिरहुँ भन्छ र यो नै प्रेमको शुरूवात हो । प्रेम गर्नका लागी कारण हुदैन, यो कुनबेला बस्छ थाहै नदिई हुन्छ । जसरी शिशिरपछि बसन्त ऋतुमा पालुवाहरू पलाएर चारैतिर हरियाली फैलिन्छ, त्यसरी नै मनमा प्रेमको पालुवा पलाए सगै मनभित्र चारैतिर हरियाली फैलिन्छ र मान्छे त्यो हरियालीमा आफ्ना भावना तथा सपना सजाउन चाहन्छ । मनभित्र सजाएका ति भावनाहरू सगै प्रेमको शुरूवात हुन्छ । जब एउटा असल साथी झनझन नजिक हुन थाल्दछ तब उसको मनले त्यसलाई हरपल मनपराईरहेको हुन्छ अर्थात प्रेमको शुरूवात भईरहेको हुन्छ । एउटा घनिष्ट साथीको सम्बन्ध नै असल प्रेमीको सम्बन्धमा परिबर्तन हुन सक्छ । यो संसारमा हरेकलाई माया, प्रेम गास्ने अधिकार छ तर कसैको चाहनालाई तोड्ने अधिकार भने कदापी पनि छैन अर्थात कसैलाई तपाईको प्रेमले दुख दिलाउने अधिकार छैन । तपाईले कसैको चाहनालाई मार्न सक्नुहुन्न । तर प्रेम गर्नुभन्दा पहिले यो सोच्नु कि कतै तपाईले गरेको त्यो प्रेम तपाईहरूकै निम्ती घृणा बनेर नआओस, कतै तपाईहरूले गरेको प्रेम नै तपाईहरूकै मुटु छेड्ने तिर बनेर नआओस । प्रेम गर्नुभन्दा पहिले भबिश्यलाई नियालेर हेर्नु आवश्यक हुन्छ ।