(२) चोखो माया के हो ?
कसैको मनले कसैको सुन्दरता र आकर्षणलाई मन पराउछन भने कोही त्यसलाई पनि प्रेम भन्दछन । कोही कसैको गुनलाई पनि प्रेमको परिभाषा लगाउछन । सबैको नजरमा प्रेमको परिभाषा त धेरै नै छन । जुन अलग अलग परिभाषा भएपनि अर्थ चाही एउटै हुन्छ । यदी तपाईले पनि कसैलाई प्रेम गर्नुहुन्छ भने तपाईले पनि प्रेमको आफ्नो छुट्टै परिभाषा दिन सक्छौ । तर जब कसैले कसैलाई यत्ती धेरै गहिराईमा माया गर्छ कि, उ हरपल तड्पिएर बाचेको हुन्छ तरपनि उसबाट टाढिन चाहदैन । जब उसलाई थाहा हुन्छ कि उनी एक हुन सक्दैनन् तर पनि उ उसकै प्रेममा पागलजस्तो बनिरहन्छ । हरपल हरक्षण उ केवल उसकै निम्ती बाचिरहन्छ र उसकै मायामा बगिरहन्छ, तर उ स्वार्थ भने कहिल्यै खोज्दैन अर्थात कहिल्यै एक हुन नसकेपनि जिन्दगीभर नै एक्लै जिउन समर्पण गर्दछ । अर्थात उसबाहेक अरूसँग जिन्दगी नै बिताउन चाहन्न र आफ्नो पुरै जिन्दगी नै उसकै माया र यादमा समर्पण गर्दछ भने त्यो प्रेमलाई नै चोखो प्रेम भनिन्छ । किनकी उसले केवल उसको मनसँग माया गासेको हुन्छ । नत्र उसले सुन्दरता सँग माया गासेको भए उसले त्यो भन्दा अरू नै राम्रो देखेपछि उसलाई भुल्न पनि सक्थ्यो । तर चोखो प्रेम गर्ने प्रेमीहरू आफ्नो प्रेम र प्रेमीलाई भुल्न नै चाहदैनन् । उनिहरू जति पिडा भोग्नुपरे पनि आफ्नो प्रेमका हरेक पलहरू मनमा सजाएर जिन्दगीभर सम्हाल्छन । उनिहरू आफ्नो प्रेम प्राप्तका लागी अरूलाई दुख दिन चाहदैनन् र बरू बिछोडिनु परेपनि र सधै तड्पिएर जिउनु परे पनि पिडालाई नै स्विकार गर्दछन । तर कोही आफ्नो प्रेम नपाएर आफुखुसी मर्न तयार हुन्छन भने त्यो चोखो प्रेम होईन र त्यो केवल स्वार्थपन र अकस्मात आएको निर्णय मात्र हो तर चोखो प्रेम गर्नेहरूले हरेक कुरा स्विकार गर्न सक्नुपर्दछ । वास्तबमा चोखो माया नै त्यो हो जुन निस्वार्थ र हरेक दुख र पिडा लाई स्विकारका लागी गरिएको हुन्छ, जसमा रत्तीभर पनि खोट हुन सक्दैनन् ।